दाङ, फागुन १६ । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको पाँचौदिन मात्रै १ लाख दर्शकलले महायज्ञ तथा धारपानी मन्दिरको अवलोकन गरेका छन् भने विहिवार मात्रै ९० लाख दान संकलन भएको महायज्ञ आयोजक मुल समितिले जानकारी दिएको छ ।

धारपानी धामको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञमा विहिवार दैलेख, अर्घाखाँची, पाल्पा र प्युठानवाट पर्यटक तथा भक्तजनहरु आएको महायज्ञ आयोजक मुल समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिएका छन् । जिल्ला प्रदेश वाहिरवाट आउने आगन्तुकहरुले धारपानी धाम साच्चिकै राम्रो रहेको बताएका छन् । महायज्ञको पाँचौ दिन मात्रै ९० लाख दान संकलन भएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ मुल आयोजक समितिले जनाएको छ । अहिलेसम्म एक करोड ६४ लाख दान संकलन भएको पनि आयोजकले जनाएको छ ।

महायज्ञको पाँचौ दिन घोराही उप महानगरपालीका १८ नवलपुर निवासी मुमान खड्का तथा मदनकुमारी खड्काले १७ लाख ५० हजार रुपैया दान गरेका छन् । अहिलेसम्म खड्का सवैभन्दा धेरै रकम दानगर्ने दानविरमा हुन् । त्यस्तै जिल्ला समन्वय समितिका उप प्रमुख श्रीधर शर्मा पौडेलले ५१ हजार १ सय १, घोराही १७ निवासी गुरुप्रसाद रेग्मीले १ लाख १ हजार एक सय ११, घोराही २ वुका निवासी बालाराम पाण्डेले ७५ हजार ५, संघिय संसदका सभामुख कृष्णबहादु महराले १ लाख १ सय ११, घोाही ६ गुरगै निवासी भुपनारायण खनालले ५१ हजार १ सय ५१, घोराही २ वुका निवासी हिमप्रसाद भण्डारीले ५१ हजार रुपैया दान गरेका छन् ।

त्यस्तै घोराही २ निवासी ऋषिराम रीजालले ३ लाख १ हजार ५, घोराही १५ निवासी श्रीधर महराले ३ लाख १ हजार १ सय ५१, भावाङ ३ रोल्पाका लिलाराम डाँगीले २ लाख १ हजार, घोराही १५ का मिलन पुनले १ लाख १ हजार, घोराही ३ भैसकुर निवासी चिन्तावहादुर वलीले ११ लाख ५१ हजार १ सय ११, घोराही १८ रझेनाकी भगवतादेवी शर्मा मरासीनीले १ लाख ११ हजार १ सय ११, घोराही १५ का फणाधर रीजाल, रामहरी रीजालले ५५ हजार ५ सय ५५, दाङ जिल्ला उद्योग वाणिज्य संघले २ लाख १ हजार १ सय १, घोराही ६ अघराका नमलाल पाण्डेले १ लाख ११ हजार १ सय ११, घोराही १० नारायणपुरका मानबहादुर बस्नेतले ५१ हजार १ सय ५५ रुपैया दान गरेको मुल आयोजक समितिले जानकारी दिएको छ ।

त्यसैगरी घोराही ६का विष्णुप्रसाद शर्माले ५५ हजार ५ सय ५५, सोही ठाँउ निवासी भिभकान्त शुवेदीले ५१ हजार ५ सय ५५, सोही ठाँउ निवासी बशुन्धरा अधिकारीले ५५ हजार ५ सय ५५, घोराही १५ निवासी गितादेवी पोख्रेलले ५५हजार ५ सय ५५, घोराही १७ कर्जाहीका श्रीधर पोख्रेलले ५० हजार ५ सय ५ र घोराही ६ बेरुवागाँउका भोजबहादुर थापाले ५१ हजार १ सय ५ रुपैया दान गरेका छन् ।

त्यस्तै घोराहीका यातायात व्यवसायी तथा रिजाल ढुवानी सेवाका प्रोप्राईटर सागर पोख्रेल र ऋषिराम रिजालले ५ दिन सम्म निःशुल्क वस सेवा दिइरहेको आयोजकले जनाएको छ । रिजाल ढुवानी सेवाले फागुन १४ गतेदेखि १८ गते सम्म निःशुल्क बस सेवा दिने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस