घोराही, १६ फागुन । घोराही उपमहानगर कार्यपालिकाले हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातजनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

कार्यपालिकाको बिहीवारबसेको बैठकले शोक प्रस्ताव पारित गर्दै सातैजनाको फोटोमा माल्यार्पण गर्दै आधा घण्टा झण्डा झुकाएर शोक मनाउने निर्णय गरिएको उपमहानगरका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । बैठकले शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस