घोराही, १६ फागुन । घोराही उपमहानगरपालिका वडा नं. २ ले वडामा गठित सम्पूर्ण आमा समूहहरुको पुनर्गठन कार्य सुरु गरेको छ । हालसम्म साहीपुर, मोतीपुर, भट्टेटार र सुर्केडाँगीमा रहेका आमा समूहको पुनर्गठन गरिसकिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा नं. २ का अध्यक्ष केशवराज आचार्यले आमा समूह भनेको वडाका सबैभन्दा इमान्दार र कर्तव्यनिष्ट नागरिक भएको समूह रहेको बताउँदै वडाको समृद्धिका लागि आमा समूह लाग्नुपर्ने धारणा राख्नुभयो । हरेक परिवारका आमा सचेत भइदिने हो भने त्यो परिवार नै असल र उदाहरणीय बन्ने बताउँदै अध्यक्ष आचार्यले आमा समूहलाई क्रियाशील रहन आग्रह गर्नुभयो ।विभिन्न टोलमा गरिएको भेलाले पुरानो समितिको पुनर्गठन गरिरहेको वडा कार्यालयले जनाएको छ । साथै वडालाई मदिरामुक्त बनाउने योजनाका साथ मदिरा विक्रीलाई कडाई गर्ने आमा समूहले निर्णय गरेका छन् । वडाका आमा समूहहरुले विकास निर्माणका कामदेखि लिएर बचत गर्ने पनि गर्दै आएका छन् ।

साथै आमा समूहका हरेक बैठकमा बालबालिकाकाहरुको संरक्षण एवं बालमैत्री स्थानीय प्रदद्र्धनका लागि छलफल गर्ने योजना तय भएको वडा सदस्य टार्जन खड्काले बताउनुभयो । अब हरेक समूहलाई वडाको सर्वाङ्गीण विकासमा सहभागी बनाउने लक्ष्य लिएको सदस्य खड्काले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस