दाङ, १७ फागुन । तुलसीपुर नगरविकास समितिका पूर्व अध्यक्ष कृष्णगोपाल गुप्ताको निधन भएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका गुप्ताको ५५ बर्षको उमेरमा शुक्रवार विहान ४ बजेतिर काठमान्डौमा निधन भएको हो । उहाँ झन्डै डेढ महिनादेखि बिरामी हुनुहुन्थ्यो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी गुप्ता पूर्व नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

गुप्ताको शुक्रवार दिउँसो तुलसीपुरको कालाखोलामा अन्तेष्टि गरिएको छ । प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, पूर्व एमाले दाङका अध्यक्ष टीकाराम खड्कालगायतले गुप्ताको पार्थिव शरीरमा पार्टीको झन्डा ओडाएर सम्मान गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस