दाङ, १७ फागुन । विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञको छैठौ दिन सवा एक करोड दान थप भएको छ । महायज्ञको छैठौ दिन मात्रै १ करोड २६ लाख दान संकलन भएको छ ।

धारपानी धाममा आयोजना गरिएको महायज्ञमा अहिलेसम्म करिव तीन करोड रकम संकलन भएको छ । शुक्रबारसम्म दुई करोड ९० लाख दान संकलन भइसकेको महायज्ञ आयोजक मुल समितिका महासचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । महायज्ञमा घोराही महानगरपालिका वडा नं. १५ निवासी चन्द्रराज पन्तले ५३ लाख बरावरको जग्गा दान गर्नुभयो । नागरिक समाज दाङका अध्यक्ष तथा महायज्ञ आयोजक समितिका उप निर्देशक समेत रहनुभएका पन्तले घोराही वजारको जग्गा दान गर्नुभएको हो । उहाँ अहिलेसम्मको सवैभन्दा बढी दान गर्ने दानविर बन्नुभएको छ ।

त्यस्तै घोराही उप महानगरपालीका १५ भरतपुर निवासी शंकर गौतमले छ लाख एक हजार एक सय ११ रुपैया दान गरेका छन् । गौतम धारपानी मन्दिर ब्यवस्थापन समितिका उपाध्यक्ष हुनुहुन्छ । त्यस्तै बालाराम बुढाले आठ लाख ४५ हजार पाँच रुपैया दान गर्नुभयो । घोराही १५ का टेकनाथ आचार्यले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैया दान गर्नुभयो । यस्तै घोराही १५ का ईश्वर पुनले तीन लाख ११ हजार एक सय ११, स्वर्गिय खिमकुमारी न्यौपानेको स्मृतिमा दुई लाख ५५ हजार पाँच सय ५५ रुपैया दान भएको छ ।

यसैगरी घोराही १८ का गणेश अधिकारीले ५१ हजार १ सय ५, घोराही १५ का बमबहादुर डाँगीले ५१ हजार ५, घोराही १५ का माधव पन्थिले ५१ हजार १ सय ११, घोराही १७ गुलरीयाका माधव प्रसाद शर्माले ५५ हजार ५ सय ५५, घोराही १५ का जीवराज पाण्डेले ५१ हजार १ सय ५५, घोराही १८का रिखादेवी पौडेलले ५५ हजार ५ सय ५५, तुलसीपुर १८ का भिष्मबहादुर केसीले १ लाख ५१ हजार २सय २५, घोराही १७का यज्ञबहादुर वस्नेतले ५१ हजार १ सय ११, घोराही ५ कि राधा नेपालीले ५१ हजार १ सय ५१, घोराही १० का प्रेमबहादुर डाँगीले १ लाख १ हजार १ सय १५, घोराही ६ का गुरुप्रसाद शर्मा खनालले ५५ हजार ५ सय ५५, गढवा गाउँपालीकाका शंकरनाथ योगीले १ लाख १ सय ५५, घोराही ६ का घनश्याम पन्तले ५१ हजार १ सय ५५, घोराही ४ की जमुना घिमिरेले ५१ हजार ५ सय ५५ रुपैया दान गरेका छन् ।

त्यस्तै घोराही १५ का माधव धितालले ५१ हजार ५ सय ५५, घोराही ६ का बालकराम बुढाथोकीले ५१ हजार १ सय ५१, घोराही १५ का जीवराज पाण्डेले ५१ हजार १ सय ५५, घोराही १८ कि बशुन्धरा गौतमले १ लाख १ सय १५, घोराही ६ का पुष्पराज आचार्यले १ लाख ५५, घोराही ६ का मुकुन्द शर्मा अधिकारीले ५१ हजार १ सय ११, घोराही ५ कि लक्ष्मि आलेले ५१ हजार ५५, घोराही १२ का शिवकुमार गौतमले ५५ हजार ५ सय ५५, घोराही १६ का जयकुमारी बस्नेतले ६६ हजार, घोराही १८ का सावित्रा बेल्वासेले ५१ हजार २५, घोराही १७ का शंकर गौतमले ५१ हजार १ सय १५ र घोराही ६का बामदेव शर्माले ५१ हजार १ सय ११ रुपैया दान गर्नुभएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस