तुलसीपुर, १८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १३ बराखुटीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहागनरपालिका–८ बुटनिया निबासी करिब २५ बर्षका जीतबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बराखुटीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ त २६३३ नम्बरको ट्याक्टरमा बसेका चौधरीको गुडिरहेको टयाक्टरबाट खसे लगत्तै टायरले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार घटना साँझ साढे ६ बजे भएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस