घोराही, २० फागुन । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मानव स्वास्थ्यका लागि आयुर्वेद क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । ‘स्वास्थ्य हाम्रो सबैभन्दा ठूलो धन, स्वस्थ रहे समृद्ध हुन्छ जीवन भन्ने’ स्लोगनसहित आजदेखि संचालनमा आएको विकल्प आयुर्वेद हेल्थ सेन्टरको घोराहीमा उद्घाटन गर्दै नगर प्रमुख चौधरीले पछिल्लो समय नागरिकहरु आयुर्वेदतर्फ आकर्षित भएकाले सेवालाई थप गुणस्तरीय बनाउन सुझाव दिनुभयो । ‘मान्छेले गुणस्तरीय सेवा खोजिरहेको छ,’ नगर प्रमुख चौधरीले भन्नुभयो ‘डाक्टरसहितको राम्रो उपचार, सेवा र परामर्श दिनुस् तपाईंलाई खोज्दै मान्छेहरु आउँछन् ।’

नगर प्रमुख चौधरीले नाफामुखी मात्रै भन्दा पनि सेवातर्फ ध्यान दिनुपर्ने सुझाव दिए । विकल्प आयुर्वेद हेल्थ सेन्टर प्रालिका अध्यक्ष अकाश थापाको अध्यक्षमा भएको कार्यक्रममा दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे, लक्ष्याबहादुर विकलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण गोपाल आचार्यले गरेका थिए ।

१५ लाख लागतमा संचालनमा आएको हेन्थ सेन्टरमा विभिन्न रोगको आयुर्वेद पद्धतीद्धारा उपचार सहित पञ्चकर्म, क्षार सुत्र विधि, जीवन शैली परिवर्तन, परामर्श लगाएतका सेवा उपलब्ध गराइने संचालक केशव न्यौपानले जानकारी दिनुभयो । हेन्थ सेन्टरको शाखा दाङमा पाँचौ हो । यस अघि चितवन, पोखरा, काठमान्डौ र धनगडीमा शाखा स्थापना भई सञ्चालनमा रहेको संचालक न्यौपानेले जानकारी दिनुभयो ।

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस