दुधरास, २० फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ को हसपुरा स्थापना गरिएको शिव मन्दिरको महाशिवरात्रीका अवसरमा सोमवार उद्घाटन गरिएको छ ।

२०६३ साल चैत्र ३ गते मृत्यु भएकी स्व. भानुमती नेपालीको पुण्यस्मृतिमा मन्दिर निर्माण गरिएको हो । मन्दिरको शिवरात्रीका अवसरमा विधिवत पुजाआजा गरी उद्घाटन गरिएको हो ।

श्रीमान् रामबहादुर नेपाली र छोरा/बुहारी वीरमणि नेपाली विना नेपाली, द्रोण नेपाली र उत्तमा नेवाली, तिलक नेपाली र राधा नेपानी, टंक नेपाली र नुमा नेपाली छोरीहरु गौतमी नेपाली, डीला नेपाली र सीता नेपालीले संयुक्त रुपमा मन्दिर निर्माण गर्नुभएको हो । गाउँमा पूजाआजा गर्न मन्दिर नभएकाले स्व. श्रीमती र आमाको स्मृतिमा मन्दिर निर्माण गरिएको उहाँको भनाइ छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस