दाङ, फागुन २० । दाङको घोराहीमा आयोजना हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरिय विद्यालय टि–२० क्रिकेट प्रतियोगिता–२०७५ को तयारी पुरा भएको छ । जिल्लाका विभिन्न १२ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको तयारी पूरा भएको आयोजक शान्ति निकेतन विद्यालयले जनाएको छ ।

शान्ति निकेतन विद्यालय घोराहीको आयोजना तथा क्रिकेट संघ दाङको प्राविधिक सहयोग एवं तपस्या ट्रेडर्सको मुख्य प्रायोजनमा हुन थालेको ‘तपस्या ट्रेडर्स जिल्लास्तरीय विद्यालय टी–२० क्रिकेट प्रतियोगिता–२०७५ को सह–प्रायोजकमा घोराही उपमहानगरपालिका वडानम्वर १५, ड्रिमल्याण्ड ट्रेडर्स घोराही दाङ र व्यवसायी सनत गिरी रहनुभएको छ । त्यसैगरी प्रतियोगीताको प्रथम पुरस्कार घोराही उपमहानगरपालिका र दोस्रो पुरस्कार द् लोटस ट्रेनिङ सेन्टर घोराहीले प्रायोजन गरेको प्रतियोगिता संयोजक केशव अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगीताको हस्पिटालिटी पार्टनरमा टी थ्री प्यालेस र फुड एण्ड रिफ्रेसमेन्ट पार्टनरमा मानाखासी सिने प्लेस घोराही रहेका छन् । त्यसैगरी प्रतियोगीताका अन्य प्रायोजकमा सत्यवती पुस्तक पसल, दङाली माछापालन, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, एम.एस.अटो घोराही, दीयो गार्मेन्ट घोराही, कैलाश रोका र बाशुदेव शर्मा रहनुभएको छ ।

विद्यालय स्तरमा क्रिकेटप्रति आकर्षण बढाउँदै क्रिकेटको विकास गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको प्रतियोगीता संयोजक केशव अधिकारीले जानकारी दिनुभयो । विद्यालयस्तरिय क्रिकेट प्रतियोगीतामा जिल्लामै पहिलोपल्ट हार्ड बलको प्रयोग गरेर प्रतियोगीता सञ्चालन हुने भन्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदिप मजगैयाले यसै खेलबाट जिल्लाको जुनियर टिमको छनौट गर्ने जानकारी दिनुभयो । दाङ क्रिकेट संघको प्राविधिक सहयोगमा खेल सञ्चालन हुने भन्दै अध्यक्ष मजगैयाँले खेल नकआउटमा खेल खेलाइने जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुने विजेता टिमले नगद रु. २५ हजार र दोस्रो हुने टिमले रु. १५ हजार पुरस्कार प्रदान गर्नेछन् ।

घोराही–१७ गुलरिया क्रिकेट मैदानमा आज बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगीतामा जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङका १२ वटा विद्यालयको सहभागिता रहेको छ । उद्घाटन खेल गोरखा बोर्डिङ स्कुल घोराही र आयोजक शान्ति निकेतन विद्यालय घोराहीका बीचमा हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस