श्रीगाउँ, २१ फागुन । पाँच नम्वर प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको १२ औं पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा दाङको आयोजनामा भएको सभामा मंगलबार श्रीगाउँ स्थित ओलीको घरमा उपस्थित नेता, कार्यकर्ताहरुले दिवंगत ओलीको अधुरा सपना पूरा गर्न एकताबद्ध भइ लाग्ने प्रण गरेका छन् । कार्यक्रममा पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशसभाका दिवंगत सदस्य उत्तरकुमार ओलीले छोडेका अधुरा काम पूरा गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

मतदाताले भरोसायोग्य नेता गुमाए, पार्टीले इमान्दार र आँटिलो सदस्य गुमाउदा पीडा सवैलाई छ पोख्रेलले भन्नुभयो,– तर पश्चिम दाङको विकास गर्ने उहाँको अधुरा चाहना पुरा गर्न प्रदेश सरकार लाग्छ । ओलीले गरेको मेहनतको स्मरण गर्दै मुख्यमन्त्री पोख्रेलले पश्चिम दाङको विकासको जग हाल्ने उत्तर ओलीको प्रयासलाई सार्थक बनाउन सरकार लाग्ने बताउनुभयो । छोटो समयमा नेकपालाई स्थापित गर्ने र आफू पनि जनतामाझ स्थापित हुने ओलीको क्षमता अद्भूत भन्दै नेकपाका स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्जसमेत रहनुभएका पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि परिणाम निकाल्न सक्ने ओलीको आँट र क्षमताबाट नेकपाका नेता, कार्यकर्ताहरुले सिक्नुपर्ने बताउनुभयो । उहाँले पश्चिम दाङमा सुदृढ नेकपा बनाउन योगदान पु¥याएको भन्दै उत्तर ओलीप्रतिको सच्चा सम्मान गर्ने हो भने दाङमा छिटो भन्दा छिटो पार्टी एकता प्रक्रियालाई टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।सो कार्यक्रममा बोल्दै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीले ओलीको असामयीक निधनले प्रदेशसभालाई ठूलो क्षतिपुगेको भन्दै परिवर्तनलाई कसरी संस्थागत गर्ने भन्ने दिवंगत ओलीको सपनालाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । सभामा पाँच नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी,प्रदेश मामिला तथा कानुन समिति सभापति दामा शर्मा, नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सचिव जगप्रसाद शर्मा अपार, तुलसीपुर उपमनपाका प्रमुख घनश्याम पाण्डे, ववई गाउपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, दंगशीरण गाउपालिका अध्यक्ष भागिराम चौधरी, ओली पत्नी विमला ओली, छोराहरु प्रणय ओली र प्रतिक ओलीले बोल्नुभएको थियो । नेकपाका जिल्ला कार्यदल सदस्य टीकाराम खड्काको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन कार्यदल सदस्य सुवास पुनले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस