दाङ, २१ फागुन । दाङको एकमात्र पहाडी गाउँपालिकाको रुपमा रहेको बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको समग्र विकासका लागि १५ वर्षे वृहत गुरुयोजना तयार पारिरहेको छ । गुरुयोजना निर्माण गर्ने कामको जिम्मा इन्सेन्टीभ स्टडी एण्ड रिसर्च सेन्टर अनामनगर काठमाडौँले पाएको छ ।

रिसर्च सेन्टरले गुरुयोजना निर्माणका लागि विभिन्न चरणमा छलफल एवं स्थलगत अवलोकनको काम गरीरहेको गाउँपालिकाका प्रशासकिय अधिकृत नेबबहादुर वलीले बताउनुभयो । उहाँकाअनुसार गुरुयोजना निर्माणको पहिलो चरणमा विभिन्न पक्षको स्थलगत अध्ययन गरिएको थियो । अध्ययनपछि इन्सेन्टीभ स्टडी एण्ड रिसर्च सेन्टरले तयार पारेको प्रतिवेदन एवं विभिन्न विधाका रिर्पोटहरु प्रस्तुत गरेको छ ।

सोही क्रममा बंगलाचुली गाउँपालिकाका निर्वाचीत जनप्रतिनीधि, स्थानीय संरोकारवाला निकाय, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु संग बृहत् गुरुयोजनाको अन्तिम प्रारूप तयार पार्ने बारे प्र्रस्तुतीकरण गरिएको थियो । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओलीको अध्यक्षतामा भएको कार्यंक्रममा ईन्सेन्टीभ एण्ड रिसर्च सेन्टरका विज्ञ टोलीले बंगलाचुली गाउँपालिकाको बृहत गुरुयोजनाको बारेमा जानकारी गराएका थिए ।

उनीहरुले बंगलाचुली गाउँपालिकाको समग्र बस्तुस्तीथिलाई समेटेर गुरुयोजना निर्माण गरेका छन् । उनीहरुले निर्माण गरेको बृहत गुरुयोजनामा बंगलाचुली गाउँपालिकाको भूमिका, बंगलाचुली गाउँपालिकाको दीर्घकालीन सोच र लक्ष्य, बंगलाचुली गाउँपालिकाको वस्तुस्थिति, तथ्याङ्क विश्लेषण, विषयक्षेत्रगत गाउँपालिका विकास योजनाको बारेमा अध्ययनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैगरी बंगलाचुली गाउँपालिकाले उच्च महत्व र प्राथमिकताका साथ केन्द्र भागमा राखेर गर्नुपर्ने योजना तथा कार्यक्रमहरू, विकास योजना प्राथमिकिरण, दिगो विकासका लक्ष्यहरु, अनुगमन तथा मूल्याङ्कनको बारेमा पनि अध्ययन प्रतिवेदन प्रस्तुत गरीएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नेपालको संविधानको अनुसूची ८ मा उल्लेख भएका स्थानीय तहको अधिकारको थप व्याख्या गरी स्थानीय सरकारलाई स्थानीय स्तरका समग्र विकासका योजनाहरू निर्माण, कार्यान्वयन तथा अनुगमन गर्ने अधिकार प्रदान गरेको छ ।

बृहत् गुरुयोजना निर्माण गर्नुको मुल उद्देश्य भनेको दीर्घकालीन सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति र कार्य योजना तयार हुने, सो कार्यका लागि गाउँपालिकाको स्पष्ट आधार नक्सा तयार गर्ने,भौतिक पूर्वाधार विकास योजना, आर्थिक विकास योजना, वातावरण तथा विपद् व्यवस्थापन योजना, सेवा प्रवाह तथा संस्थागत विकास योजना, भू–उपयोग योजना, सामाजिक–सांस्कृतिक विकास योजना बनाउने, व्यापक जनसहभागितामा क्षेत्रगत लक्ष्य, उद्देश्य, अपेक्षित परिणाम र कार्यक्रमहरूको निर्धारण गर्ने रहेका छन् ।

अभिमुखि करण कार्यक्रमा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुुर ओलीले बंगलाचुली गाउँपालिकाको समग्र विकासका लागि गुरुयोजताले ठुलो सहयोग पुग्ने बताउनु भयो । उहाँले वृहत गुरुयोजनाले गाउँपालिकाको अवस्थाको तस्वीर स्पष्ट देखाउने भन्दै सोही गुरुयोजनाको आधारमा स्थानीय सरकाले आफ्नो काम अघि बढाउने बताउनु भयो ।

सो अवरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाका बंगलाचुली गाउँपालिका अध्यक्ष डोमाकान्त कवर, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि भेशराज खत्री लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेवबहादुुर ओलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस