घोराही, २१ फागुन । घोराहीको बाहुनडाँडामा शान्ति शिब मन्दिरको उद्घाटन गरिएको छ । महाशिबरात्रीको अबसरमा सोमबार मन्दिरको घोराही उपमहानगरका उपप्रमुख सिता सिग्देल न्यौपानेले गर्नुभएको हो ।

२०७० सालमा शिलन्याश गरिएको मन्दिरको शिबरात्रीका अबसरमा उद्घाटन गरिएको हो । ३० लाखको लागतमा मन्दिरको निर्माण गरिएको ब्यबस्थापन समितिले जनाएको छ । मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष द्रोर्णा वलीको अध्यक्षतामा मन्दिरको उद्घाटन गरिएको हो ।

गजेन्द्रसिंह खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा ओमभक्त डाँगी, हर्कबहादुर खत्री, शिबप्रसाद खत्री, दिपककुमार श्रेष्ठ, लिलाराज अधिकारीले बोल्नुभएको थियो । कार्यक्रममा मन्दिर निर्माणका क्रममा लागेको ३० लाख बराबरको खर्च बिबरण पेश गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सरस्वती खड्काले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस