दाङ, २१ फागुन । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना नेतालाई प्रहरीले तुलसीपुरमा कार्यक्रमस्थलबाटै पक्राउ गरेको छ । पार्टीका जिल्ला सदस्य प्रदीप वली, सचिवालय सदस्य ईश्वरी पाण्डे र जिल्ला सदस्य रुद्र वलीलाई प्रहरीले पक्राउ गरेको हो ।

तुलसीपुरको बिएस पार्टी प्यालेसमा पार्टीले आयोजना गरेको सहिद परिवार तथा बेपत्ता योद्धा परिवार अभिनन्दन कार्यक्रम स्थलबाटै उनीहरुलाई पक्राउ गरिएको हो । कार्यक्रम सकेर बाहिरिने क्रमममा प्रहरीले पक्राउ गरेको नेपाल कम्युनिष्ट पार्टी दाङले जनाएको छ ।

तुलसीपुर प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले नेकपाका तीन जना नेतालाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा दाङमा राखिएको छ ।

यता जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेको बारे स्पष्ट जानकारी दिएन । “कुनै समुह तथा पार्टीको कार्यकर्ताहरु पक्राउ गरेको थाहा छैन तर पक्राउ गरिएको हुन सक्छ” जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले भन्नुभयो । कतिपय कुराहरु थाहा भएर पनि बोल्न नमिल्ने प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस