घोराही, २२ फागुन । नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्युरोले भोलि राप्ती बन्दको घोषणा गरेको छ । दाङको तुलसीपुरमा कार्यक्रमस्थलबाटै पार्टीका नेता पक्राउको विरोधमा बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ ।

ब्युरो इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा विनाकारण पक्राउ परेका पार्टीका सदस्य प्रदीप वली, ईश्वरी पाण्डे र रुद्र वलीको विनाशर्त रिहाइ गर्न माग गरिएको छ ।

यसैबीच बन्द सफल पार्न इन्चार्ज सुवासले विज्ञप्तिमार्फत सबैमा आग्रह गरेका छन् । बन्द भोलि विहान ५ बजेदेखि साँझ ६ बजेसम्म गरिने बताइएको छ । तीनैजना नेता हिजो तुलसीपुरको विएस पार्टी प्यालेसबाट पक्राउ परेका थिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस