Corpse

घोराही, २३ फागुन । दाङको घोराहीमा बिहेको भोज खाँदा एकजनाको मृत्यु भएको छ । बिहीवार बिहेको भोजमा खाना खाने क्रममा घाँटीमा हड्डी अट्किएर घोराही–१७ पनौरा निवासी ५३ वर्षीय टीका भट्टराईको मृत्यु भएको हो ।

बिहे भोजमा खाना खाने क्रममा घॉटीमा हड्डी अड्किएपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो । भट्टराईको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस