तुलसीपुर, २४ फागुन । इलाका प्रशासन कार्यालय तुलसीपुरको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनी जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोपाइटर पूर्णबहादुर भण्डारीले ८० प्रतिशत काम पुरा भइसकेको बताउनुभयो । २५ असाढ २०७६ मा निर्माण कार्य पूरा गर्ने गरी निर्माण सेवाले २५ असाढ २०७४ बाट कामको थालनी गरेको हो । २४ कोठाको ढाइतले भवन निर्माण गर्न भ्याट बाहेक २ करोड ४९ लाख १० हजार २ सय ३ रुपैयाँमा ठेक्का लिएको प्रोपाइटर भण्डारीले बताउनुभयो ।

अलमुनियमका झ्याल, ढोका र पेन्ट गर्ने काम बाँकी भएकाले त्यो पनि असार महिनासम्म पूरा गरेर इलाका प्रशासनलाई हस्तान्तरण गर्ने तयारीमा निर्माण कम्पनी लागेको छ । निर्माधिन इलाका प्रशासनको भवन राप्ती प्रादेशिक अस्पालको अगाडि छ । तीन दशकदेखि भाडामा बस्दै आएको इलाका प्रशासन अहिले पनि तुलसीपुर–९ दोघरेमा भाडामा बस्दै आएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस