घोराही, २४ फागुन । दाङमा शुक्रबार टिप्परको ठक्करबाट एकजनाको मृत्यु भएको छ । घोराही-मुर्कुटी सडकखण्डको घोराही उपमहानगरपालिका ४ कुमाकी ढुंगेमोड नजिकै रा १ ख ८९० नम्बरको टिप्परले रा ३ प ३३५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा बंगलाचुली गाउँपालिका ३ बस्ने ५९ बर्षिय ठाकुरप्रसाद महराको मृत्युभएको हो ।

मोटरसाईकको पछाडि बसेका महराको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउने क्रममा मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक बंगलाचुली २ का कमलाल पौडेलको खुट्टामा चोट लागेको र प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न सवारीका साधनहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस