घोराही, २४ फागुन । करेन्ट लागेर दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीमा करेन्ट लागेर सल्यानको कपुरकोट गाँउपालिका ५ पाङराङका दीपेशकुमार विकको ज्यान गएको हो ।

बिजौरीमा निर्माणाधिन घरमा आल्मुनियमको पाइप जडान गर्दै गरेको अवस्थामा पाइपले विद्युतको हाइभोल्टेजको तार छुँदा करेन्ट लागेको थियो । ११ हजार भोल्टेजको करेन्ट लागेर गम्भिर घाइते भएका विकको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मृतक विकको शब पोष्टमार्टमका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस