घोराही, २४ फागुन । हरेक क्षेत्रमा महिला सहभागिता र अवसरले देशमा समृद्धि हासिल गर्न सकिने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुक्रवार घोराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उनीहरुले महिला सशक्तिकरणमा जोड दिए ।

जिल्ला समन्वय समितिको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेकपाकी प्रदेश सदस्य भीमकुमार बाँठा, नागरिक समाज दाङका सदस्य श्रीमन न्यौपाने, पत्रकार महासंघका सचिव भुपेन्द्र ओली, सिसा नेपालकी साजिदा सिद्दिकी, उपमहानगरकी महिला बालवालिका अधिकृत मोति विश्वकर्मालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा महिला मानवअधिकार रक्षक सञ्जालकी केन्द्रीय सचिव लक्ष्मी आचार्यले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस र यसको महत्वका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । घोराही उपमहानगरकी उपप्रमुख सीता न्यौपाने सिग्देलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चाल महिला मानवअधिकार रक्षक सञ्जालकी अध्यक्ष हुमा डिसीले गर्नुभएको थियो ।सो अवसरमा विभिन्न क्षेत्रका ११ जना श्रमिक महिलालाई सम्मान गरिएको छ । सम्मानीत हुनेहरुमा मुश्लिम समुदायकी आइसा खातुन, मधेशी समुदायकी गंगादेवी गुप्ता, दलित समुदायकी शिवा परियार, थारु समुदायकी मन कुमारी चौधरी, व्राह्मण समुदायकी नारायणी पौडेल, अपाङ्ग क्षेत्रबाट रमा चौधरी, क्षेत्री समुदायबाट नमा विष्ट, आदिवासी जनजातिबाट गीता बुढा र मुक्तकम्लरीबाट माया चौधरी हुनुहुन्छ । उहाँहरुलाई जिसस प्रमुख जितेन्द्रमान नेपाली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता न्यौपाने सिग्देलले दोसल्ला ओढाएर प्रमाणपत्र र नगदसहित सम्मान गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस