तुलसीपुर, २४ फागुन । दाङको तुलसीपुरमा भारतीय नागरिक चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेका छन् । तुलसीपुर ९ बेलुवाको जनक शाहीको घरमा कोही नभएको मौका छोपी ढोकामा लगाएको ताला फोडी चोरी गर्ने क्रममा स्थानीयले देखेपछि प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका भारत बिहार जिल्ला मोतिहारी ग्राम पञ्चायत स्लामापुर छोट्का छोप्कैया वडा नं.७ बस्ने बर्ष २६ को किस्मत महतो, सोही ठाउँ निबासी बर्ष ३० को शेख साहजतमध्ये किस्तम महतोको साथबाट नगद र गरहगहना बरामद गरिएको छ ।

पक्राउ परेकाबाट प्रहरीले ६८ हजार ६ सय ३० रुपैयाँ, छड्के तिलहरी एक थान, मंगलसुत्र एक थान, बाला ३ थान, झालर २ थाने औँठी एक थान, छापे औँठी एक थान बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रेमबहादुर शाहीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस