घोराही, २४ फागुन । घोराहीमा करिब दुई करोडको लगानीमा गौतमनगर मार्केट संचालनमा आएको छ । घोराही उपमहानगरपालिका–१४ गौतमनगर टोलमा निमाहल नजिकै गौतमनगर मार्केट संचालनमा आएको हो । मार्केटको उद्घाटन शुक्रबार राष्ट्रियसभा सदस्य अनिता देवकोटा र प्रदेश सभा सदस्य सरस्वती गौतमले गर्नुभएको थियो ।

मार्केटको उद्घाटनका अवसरमा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले मार्केटको स्थापना हुनुले राज्यलाई सहयोग पुग्ने बताउनुभयो । उहाँले निजी क्षेत्रबाट आउने राजश्वले राज्य संचालनमा धेरै सहयोग पुगेको भन्दै राज्यले निजी लगानीलाई सुरक्षित गरेर लैजाने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य सरस्वती गौतमले मार्केटले सेवालाई व्यबस्थित बनाएर लैजान आग्रह गर्नुभएको थियो । गौतम परिवारले संचालनमा ल्याएको मार्केटमा ७५ ओटा सटरकोठा रहेका छन् । मार्केटमा उपभोक्ताको सबै मागलाई सम्बोधन हुने गरी मार्केट संचालनमा ल्याएको व्यबस्थापक राजीब गौतमले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस