घोराही, २५ फागुन । कृषि उत्पादन बढवा दिने उद्देश्यले प्रदेश ५ को सरकारले १२ जिल्लामा ५२ वटा स्मार्ट कृषि गाउँ छनोट गरेको छ । जसअन्तर्गत दाङमा ६ वटा स्थानलाई स्मार्ट कृषि गाउँकारुपमा विकास गर्ने गरी छनोट गरिएको छ ।

छनोटमा पर्ने स्थानहरुमा घोराही उपमहानगरपालिका वडा नम्बर ८ र १० को स्यानीगाउँको धोबघाट पोखरी क्षेत्रमा तरकारी र बसन्ते मकै खेती गरिने भएको छ । त्यसैगरी गढवा गाउँपालिका २ घुस्रामा तरकारी र बाख्रापालन, लमही नगरपालिका ९ अर्नवामा कागती र बाख्रापालन, बंगलाचुली गाउँपालिका ६ रिभानटोलमा तरकारी र कागती खेतीका लागि स्मार्ट कृषि गाउँकारुपमा छनोट गरिएको छ ।

उता, तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १४ लुहाडबरा मटेरामा तरकारी र वसन्ते मकै खेती र शान्तिनगर गाउँपालिका ७ बुढाडाबर दुबिचौरमा तरकारी र वसन्ते मकै खेती गरिने केषि ज्ञानकेन्द्र दाङका सूचना अधिकारी कुसुम भुसालले जानकारी दिनुभयो ।

एउटै गाउँका ५० घरधुरीको सामूहिक सहभागिता र एक सय ५० रोपनी जग्गा हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ । सरकारले पहिलो आर्थिक वर्षमा शतप्रतिशत अनुदान, दोस्रो वर्ष ७५, तेस्रो वर्ष ५० र चौथो वर्ष उक्त कृषक समूह आफ्नै लगानीमा पूर्ण सञ्चालन गर्नसक्ने गरी प्राविधिक ज्ञान सीपसहितको लगानी गर्न लागेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस