घोराही, २६ फागुन । नागरिक अधिकारका लागि निरन्तर निगरानी गर्न जनप्रतिनिधिहरुले आग्रह गरेका छन । जनताकै हितमा काम गर्न आफूहरु लागि परेको भन्दै घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधिहरुले वडा कार्यालयबाट दिइने सेवा प्रभावकारी भएनभएको निरन्तर निगरानी गर्ने र आवस्यक सल्लाह दिन सरोकारवालाहरुलाई आग्रह गरेका हुन ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्धारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने (इएलपी) कार्यक्रम अन्तर्गत आइतबार घोराही उपमहानगरपालिका– वडा नं. ३ को कार्यालयमा भएको सेवाप्रदायक निकाय र सेवाग्राहीवीच स्थानीय तहस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा नं. ४ का अध्यक्ष भिमबहादुर सार्कीले वडा कार्यालयले प्रवाह गर्ने सेवा जनतामाझ पुगेको नपुगेको, वास्तविक सेवाग्राही र लक्षित वर्गसम्म पुगेनपुगेको विषयमा खवरदारी गर्न मानवअधिकार निगरानी समूहलाई आग्रह गर्नुभएको थियो । उहाँले जनताका पक्षमा काम गर्न जनप्रतिनिधि लागि परेको भन्दै काम गर्दा हुने कमीकमजोरी औल्याउन निगरानी समूहले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरीले निगरानी समुहको खवरदारीले वडा कार्यालयलाई सेवा प्रवाहमा मद्दत पुग्ने बताउनुभयो । आफूपनि यसअघि निगरानी समुहकै सदस्य भएर खवरदारीको काम गरेको स्मरण गर्दै उहाँले नागरिक सेवा प्रभावकारी बनाउन निरन्तर खवरदारी गर्न र राम्रा कामको मुल्याङकन गर्न समेत आग्रह गर्नुभएको थियो । उहाँले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका लागि कार्यक्रम बनाएर अघि बढ्ने बताउनुभयो । मानवअधिकार निगरानी समूह लक्ष्मीपुरकी अध्यक्ष खिमा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सरोकारवालाहरुले विद्यालयमा इन्टरनेट सुविधा, बालविवाह विरुद्ध सचेतना, वडा नं. ३ मा स्वास्थ्य क्लिनीक स्थापना गर्न वडा कार्यालय तथा उपमहानगरपालिकासंग पहल गर्नुपर्नेमा जोड दिए । सो कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ का जनप्रतिनिधि, मानवअधिकार निगरानी समूहका प्रतिनिधि, मावि गोग्ली र झिङनीका संरक्षक शिक्षकलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण इन्सेक जिल्ला प्रतिनिधि जे.एन.सागरले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस