देउखुरी, २७ फागुन । लमहीमा सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण तीनदिने शिविर सञ्चालन गरिएको छ । लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीको आयोजना तथा हिमालयन एनिमल रेस्क्यु ट्रस्टको प्राविधिक सहयोगमा सडक तथा सामुदायिक कुकुर वन्ध्याकरण शिविर सञ्चालन भएको हो ।

लमही नगरपालिका नगरप्रमुख कुलबहादुर केसीले सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण शिविरको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै लमही नगरपालिका प्रमुख केसीले नगर क्षेत्रको वातावरण शान्तिमय बनाउन, कोलाहल कम गराउन, दुर्घटना हुन् नदिन, सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण शिविरले सहयोग पुग्ने बताउनुभयो ।

यस बर्षदेखि लमही नगरपालिकाले पनि सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख केसीले बताउनुभयो । चालु आर्थिक बर्षमा सडक तथा सामुदायिक कुकुर वन्ध्याकरण गर्नका लागि बजेट बिनियोजन गरेको र उक्त बजेटबाट सो कार्यक्रम गरिएको लमही नगरपालिका पशु सेवा उप–शाखा कार्यालय लमहीका निमित्त प्रमुख शिबराज न्यौपानेले जानकारी दिनुभयो ।

नेपालमा ९० प्रतिशत रेविज रोग कुकुरबाट लाग्ने गर्छ, सडक तथा सामुदायिक कुकुरहरुको रेविज रोग नियन्त्रण एवं वन्ध्याकरण बाट सबै नगरवासी सुरक्षित हुने, रेविज रोगबाट बच्ने, र सामाजिक फाईदाहरु हुने न्यौपानेले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष तथा लमही नगरपालिका प्रवक्ता बिमबहादुर केसी, पत्रकार दशरथ घिमिरे लगायतले बोल्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस