शान्तिनगर, २८ फागुन । शान्तिनगर गाउँपालिकामा मगंलवारदेखि तीनदिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । शान्तिनगर गाउँपालिकाको आर्थिक सहयोगमा रिपोर्टर्स क्लव नेपाल दाङ शाखाले तालिम आयोजना गरेको हो ।

रिपोर्टर्स क्लव नेपाल दाङ शाखाका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको तालिमको उद्घाटन शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमाङसिङ डाँगीले गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख डाँगी, उप प्रमुख मिथिला शाह र गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत निमबहादुर केसी लगायतले बोल्नुभएको थियो ।

शान्तिनगर गाउँपालिका वडा नं ७ का अध्यक्ष पिमलाल वलिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन रिपोर्टस क्लब दाङका महासचिव बिमल गौतमले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस