घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले व्यवसाय दर्ता अभियानलाई तिब्रता दिएको छ । व्यवसाय दर्ता गरेर मात्रै सञ्चालन गर्नु पर्ने भन्दै उपमहानगरले दैनिक कर्मचारीहरुलाई व्यवसाय घरदैलो अभियानमा खटाएको छ ।

दैनिक दुई जना कर्मचारी व्यवसाय दर्ता भए नभएको बारेमा बुझ्न पसलमा पुग्ने गरेका छन् । पसल दर्ता बिनै सञ्चालन हुदा पसल बैधानिक नहुनुका साथै राजस्व छलि हुने भनदै उपमहानगरले कर्मचारीलाई बजारमा परिचालन गरेको हो ।

दैनिक दुई दर्जन बढी पसलहरुको अनुगमन गर्दै दर्ता नभएकालाई एक सातामा दर्ता प्रकृयामा आउन पत्र काट्ने गरेको राजस्व शाखा प्रमुख कृष्णकुमार केसीले जानकारी दिनुभयो । अनुगमन सँगै दर्ता प्रकृयामा आउनेको संख्यामा बृद्धी हुदै गएको छ ।

हिजोआज दैनिक एक दर्जन पसलहरु दर्तामा आउने गरेको शाखा प्रमुख केसीले जानकारी दिनुभयो । अनुगमनका क्रममा ५० प्रतिशत पसलहरु दर्ता बिनै चलेको पाईएको छ ।

चालु आर्थिक बर्षमा उपमहानगरको राजस्व शाखामा १ हजार ४ सय ८४ जना पसलहरु दर्तामा आएका छन् भने उपमहानगरमा कूल ६ हजार व्यवसाय दर्ता भएको शाखा प्रमुख केसीले जानकारी दिनुभयो ।।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस