दाङ, ३० फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको राजमार्ग सिमानामा साइन वोड राखेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत जिल्लाको पुर्व सिमाना धान खोला र पश्चिम सिमाना इमिलीयामा साइवोर्ड राखेको हो ।

संघले वुधवार दुवै स्थानमा वोर्ड राखेको थियो । संघका कार्यवहाक अध्यक्ष टंकसिह वुढाथोकीको नेतृत्वमा गएको टोलीले साइनबोर्ड राखेको हो । त्यस अवसरमा घोराही उप महानगरपालिका वडा नं १५ का वडा अध्यक्ष रमेशकुमार पाण्डे, संघका महासचिव नरेश कार्की, कोषाध्यक्ष शुसिल पोख्रेल, सदस्यहरु धनपति शर्मा, पिताम्वर शर्मा, मिनराज भाटको समेत सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस