देउखुरी, १ चैत । गढवा गाउँपालिकामा सुआहारा कार्यक्रम–२ ले संचालन गरेका अर्धबाषिक कार्यक्रमहरुको गतिविधीका बारेमा शुक्रबार एक कार्यक्रमको आयोजना गरि समिक्षा गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत एवं जनप्रतिनिधि तथा स्थानीय संघसंस्थाहरु विच समिक्षा गरिएको हो ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा गर्भवती, सुत्केरी, कुपोषित, ख्याउटे, पुड्का र हजार दिनका सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यको आवश्यकता पर्ने र यस्तो ब्यवस्थापन अब नेपाल सरकारका स्थानीय तहहरुले गर्ने बताइएको थियो ।

वाल मृत्युदर तथा मातृ मृत्युदर कमगर्न सुआहारा कार्यक्रमले नेपाल सरकारसंग सहकार्य गर्दै १० बर्षमा महिला वालवालीका र किशोरीहरुको कुपोषण न्यूनगर्ने योजना बमोजिम काम भइरहेको सो कार्यक्रममा जानकारी गराइएको हो ।

दाङ जिल्लामा तीन सय बढीको संख्यामा कुपोषणका बिरामीहरु रहेको र गढवा गाउँपालिकामा मात्र ५५ बढीको संख्या रहेको भन्दै सुआहारा दाङका कार्यक्रम संयोजक शुरज शर्माले स्थानीय तहहरुले यस बिषयमा ध्यान दिन जरुरी भएको बताउनु भयो । नेपाल सरकारले हरेक स्वास्थ्य संस्थामा निःशुल्क रुपमा उपलब्ध गराउदै आएको प्रोटोकल पोषण पुडीको खाद्य सामाग्री कुपोषित बच्चाहरुलाई खुवाएमा प्रतिमहिना डेढकिलो वजन बढ्ने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा पोषिलो खाना प्रदर्शनी, बनाउने कार्यमा अभ्यास र हजार दिनका सुत्केरी आमाहरुलाई भेटघाट गरि उनिहरुको खाद्यसुरक्षा र स्वास्थ्यका बारेमा थुप्रै कार्यक्रमहरु संचालन गरिएको जानकारी गराइएको थियो । कार्यक्रममा सु–आहारा–२ का फिल्ड कार्यक्रम संयोजक संजय चौधरी र रामप्रसाद चौधरीले सञ्चालन गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस