घोराही, २ चैत्र । मगर समुदायको भेषभुषा संरक्षणका लागि शनिबार घोराहीमा मगरात सांस्कृती भेषभुषा प्रतियोगिता गरिएको छ । ५ जना महिला र ५ जना पुरुषका बिचमा भेषभुषा प्रतियोगिता गरिएको हो ।

Advertisements

संघिय संसदका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यता र घोराही उप महानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ठ आतिथ्यतामा प्रतियोगिता गरिएको हो । प्रतियोगितामा पुरुष तर्फ पूर्णजंग पुनमगर प्रथम र त्रिलोक पुनमगर दोस्रो हुनुभएको छ ।

त्यसैगरी, महिला तर्फ खुशी पुनमगर प्रथम र प्रेरणा रोकामगर दोस्रो हुनुभएको छ । प्रतियोगितामा बिजयी र सहभागिहरुलाई घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देलले प्रमाणपत्र प्रदान गर्नुभयो भने अध्यक्ष किर्तीमान पुनले नगद पुरस्कार प्रदान गर्नुभयो ।

प्रतियोगिताको निर्णायकमा सतबहादुर रोकामगर, सारदा पुनमगर र हेमकुमारी पुनमगर रहनुभएको थियो । घोराहीको गणेश चित्रालयमा आयोजित कार्यक्रममा करिब ६ सय व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा मगर, थारु, तामाङ, गुरुङ सहित विभिन्न समुदायका युवा युवतीहरुले नृत्य देखाएका थिए । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष सुरस बुढामगरले स्वागत गर्नुभएको थियो भने महासचिब प्रकाश पुनले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस