घोराही, ३ चैत्र । घोराही उपमहानगरपालिका वडा नम्बर १६ सानीअम्बापुरमा दुईदिने निशुल्क स्वास्थ्य शिबिर सुरुभएको छ । वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र करौतीडाँडाको आयोजना तथा नेपाल परिवार नियोजन संघ दाङ शाखाको प्राबिधिक सहयोगमा दुईदिने निशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।

वडाका कार्यबहाक अध्यक्ष जगतबहादुर श्रेष्ठको अध्यक्षता एवं नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको बिशिष्ट आतिथ्यतामा शिबिरको उद्घाटन गरिएको हो । शिबिरको उद्घाटन गर्दै नगर उपप्रमुख न्यौपानेले रोगलाई नलुकाउन सबैलाई आग्रह गर्नुभयो ।

रोग लाग्नु भन्दा लाग्नै नदिनु बुद्धिमानी हुने भन्दै उहाँले रोग लागिहाले पनि तत्काल उपचारमा जान सुझाब दिनुभयो । रोग सानो ठूलो नहुने भन्दै उहाँले खानपान, सरसफाई र शारिरीक अभ्यासमा बिषेश ध्यान दिन आग्रह समेत गर्नुभयो ।

नगरका सबै वडाहरुबाट आधारभुत स्वास्थ्य सेवा दिने गरी आफुहरु लागि परेको समेत उहाँले जानकारी दिनुभयो । कार्यक्रममा परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनालले लाज सँग रोगको सम्झौता नगर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य नै मानव जीवनको अमूल्य सम्पत्ती भएको भन्दै उहाँले कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा जान समेत सल्लाह दिनुभयो । वडा सदस्य मंगल थारुको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शहरी स्वास्थ्य केन्द्र करौती डाँडाका ईन्चार्ज तोला वलीले गर्नुभएको थियो ।

शिबिरमा महिला रोग सम्बन्धी उपचार, परामर्श, पाठेघर मुखको क्यान्सरको जाँच, परिवार नियोजन सेवा, साधारण उपचार, यौन रोगको उपचार तथा परामर्श दिईने भएको छ । उपचारका लागि डा. दिलिप धिताल, सरीता तामाङ, चिनी श्रेष्ठ, सृजना ज्ञवाली, बेली जिसी, तोला वली र तुलसी डाँगी सहितका स्वास्थ्यकर्मीहरु रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस