लमही, ३ चैत । लमही नगरपालिकामा रहेको अजम्वरी सामुदायिक बन उपभोक्ता समितिको आइतबार भएको बन्द सत्रले पुनः पुनाराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

केसीको नेतृत्वमा १६ सदस्यीय नयाँ कार्य समिति सर्बसहमत रुपमा चयन भएको हो । तीन बर्षको कार्यकालका लागि गठन भएको समितिको उपाध्यक्षमा बिष्णु माया पौडेल, सचिव माथा धमाल र कोषाध्यक्षमा तेज बहादुर बि.क सुनार रहनुभएको छ ।

यस्तै सदस्यहरुमा तारा खनाल, कृष्ण भुसाल, कृष्णप्रसाद आचार्य, साबित्रा थापा, कमला भट्टराई , कर्ण कहादुर पुन, खुसिराम चौधरी लगायत हुनुहुन्छ । समुहको २४ औ साधारण सभा तथा अधिबेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस