घोराही, ४ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ९ ले वडाका बिपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ । शैक्षिक टेवा कार्यक्रमअन्तर्गत वडाका प्रावि त्रिवेणी, प्रावि अस्परी एव‌ं मावि तेघराका गरी बीसजना बिपन्न तथा जेहेन्दार बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको हो । बालबालिकाहरुलाई झोला, कापी र कमल सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका कार्यवाहक प्रमुख भरत अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उक्त अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विशेष ध्यान जानुपर्ने बताउनुभयो । विद्यालय र स्थानीय सरकारको समन्वय अति आवश्यक भएको बताउँदै उहाँले शिक्षक, अभिभावक एवं जनप्रतिधि सबै शिक्षाको गुणस्तर सुधार्न लाग्नुपर्ने धारणा राख्नुभयो ।वडा अध्यक्ष मानबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अर्याल, बिशिष्ठ अतिथि घोराही उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराई, पत्रकार नरेन्द्र केसीलगायतले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अर्याल, नरेदेवी मावि तेघराका प्रधानाध्यापक कमलबहादुर खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । वडा सदस्य मधुमती गौतमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन वडाकी सामाजिक परिचालक सीता चौधरीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस