घोराही, ४ चैत । लक्ष्मीपुरमा गठन भएको स्थानीयसभाले घोराही उपमहानगरपालिका वडा नम्बर ४ लाई ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउनका लागि स्थानीयसभाले वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

स्थानीयसभाले सार्बजनिक निकायमा नागरिकहरुको जनसहभागिता अभिबृद्धि गरेर सुशासन स्थापना गर्ने उद्देश्यले त्रैमासिक बैठकको अबसर पारेर वडा कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सभाले वडा नम्बर ३ लाई पनि ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष भीमबहादुर सार्कीले स्थानीय तहको सुशासनलाई सुढृढीकरण गर्न आफु तत्पर रहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस