घोराही, ६ चैत । जिल्ला प्रशासन कार्यालय दाङले होली पर्वलाई सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई अपिल गरेको छ । यस पर्वमा हुनसक्ने अबान्छित गतिबिधि हुन नदिन प्रशासनले बिज्ञप्ति जारी गरी फागु पूर्णिमा अर्थात् होली पर्व सद्भाव र शान्तिपूर्ण तरिकाले मनाउन अपिल गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालद्वारा जारी बिज्ञप्तीमा दाङमा भोलि मनाइने होली पर्वलाई प्रेम, आपसी भाइचारा, सद्भाव, उल्लाससँगै मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन सबैलाई आग्रह गरिएको छ । होली खेल्ने नाममा कुनै पनि अबान्छित कार्य गरे कानुन बमोजिम कार्वाही हुने समेत बिज्ञप्तीमा उल्लेख छ ।

यसैविच जिल्ला प्रहरी कार्यालय दाङले पनि एक सूचना जारी गरी होली पर्वलाई शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजन गौतमद्वारा जारी सूचनामा पर्वको मर्म विपरीत होली नखेल्न भनिएको छ ।

जथाभावी लोला हान्ने, हिलो, फोहोर पानीले छ्याप्ने, अण्डा गोलभेडा जस्ता वस्तुहरुले प्रहार गर्ने, मोविल, पेन्ट जस्ता मानवीय स्वास्थ्यलाई असर पर्ने झोलीय तथा धुलो पदार्थ जस्ता केमिकलको प्रयोग नगर्न पनि प्रहरीले आग्रह गरेको छ ।

लागु पदार्थ, मादक पदार्थ सेवन गर्ने, त्रास पैदा गर्ने, सामाजिक शान्ति भङ्ग गर्ने जस्ता अराजक खालको व्यवहार नगर्न प्रहरीको अपिल छ । ट्राफिक नियम पालना गर्न र कुनै पनि किसिमले सामाजिक शान्ति भङ्ग हुने खालको कृयाकलाप नगर्ने प्रहरीले अनुरोध गर्दै कुनै पनि अबान्छित कार्य गरे कानून वमोजिम कडा कारवाही गर्ने समेत चेतावनी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस