तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी), ८ चैत । राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले आधारभूत तह परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्षहरुका लागि अभिमुखीकरण सम्पन्न गरेको छ । चैत १० गतेदेखि हुन लागेको आधारभूत तहको परीक्षा सञ्चालनका लागि परीक्षालाई अनुशासित एवं मर्यादित बनाउन अभिभमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राप्ती गाउँपालिकाका अध्यक्ष  नुमानन्द सुवेदीको अध्यक्षता, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सम्पन्न छलफलमा ४ कक्षा देखि १० कक्षासम्म १० गतेदेखि सुरु हुन लागेको गाउँपालिकास्तरीय परीक्षा सञ्चालनका लागि नयाँ रणनीति तयार गरिएको छ ।
राप्ती गाउँपालिकाले सामुदायिक विद्यालयका आधारभूत विद्यालयहरुमा निःशुल्क शिक्षा लागु गरेको अवस्थामा राप्ती गाउँपालिकामा ८ कक्षा सञ्चालन रहेका २२ सामुदायिक विद्यालयमा चैत्र १० देखि सुरु हुने परीक्षामा १ हजार ४६ जना विद्यार्थी सहभागी हुँदैछन् । जसका लागि ८ वटा परीक्षा केन्द्र तोकिएको राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक राजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।
समितिले नेपाल राष्ट्रिय मावि भालुवाङ, आदर्श नमुना माध्यामकि विद्यालय लालमटिया, श्री माध्यामिक विद्यालय मौरीघाट, श्री शंकर माध्यामीक विद्यालय पिपरी, श्री सर्वोदय माध्यामिक विद्यालय सिसहनियाँ, श्री ज्ञानोदय माध्यामिक विद्यालय पत्थरगढवा, श्री जनता आधारभूत विद्यालय  करङगेकोट र आधारभुत विद्यालय रुपमाकोटमा परीक्षा केन्द्र तोकिएको आधारभूत तह परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य सचिव फनेन्द्रराज देवकोटाले जानकारी दिनुभयो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस