घोराही, ८ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रमभन्दा मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको छ । घोराही ७ घुस्रामा आयोजना गरिएको थारु कल्याणकारिणी सभा दाङको संगठन विस्तार तथा जागरण अभियान कार्यक्रमलाई सम्वोधन गर्दै मेयर चौधरीले यस्तो कुरामा जोड दिनुभएको हो ।

थारु समुदायले सदियौदेखि शारीरिक श्रममा मात्रै केन्द्रित रहेको भन्दै अब मानसिक श्रममा लाग्न आग्रह गर्नुभएको छ । शारीरिक श्रमले मात्रै जीवनस्तरमा सुधार नआउने भन्दै उहाँले मानसिक सोच विचारको श्रममा लाग्न सुझाब दिनुभयो । थारु समुदायको बालबालिकाहरु कक्षा १० सम्म पढ्ने र बीचैमा छाड्ने गरेको बताउँदै अब बालबालिकाहरुलाई उच्च शिक्षासम्म पढाउनु पर्ने बताउनुभयो ।

सबैले जागिरको कुरा गर्ने भन्दै जागिर सबै थोक नभएको र आर्थिक समिृद्धको लागि सबैभन्दा ठुलो व्यापार, व्यवसाय रहेकोले थारु समुदायलाई व्यवसायी क्षेत्रमा पनि लाग्न अनुरोध गर्नुभयो । जेष्ठ नागरिक बेझलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा कृयाशील चौधरी अगुवाहरुको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस