तुलसीपुर, ९ चैत । तुलसीपुर २ नन्द्रागाउँमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दंगीशरण ६ थपगाउँ निवासी  गोरख चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

तुलसीपुरबाट पश्चिम तर्फ गइरहेको रा १ च ३४६ र पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ९७ प ५८६२ नम्बरको मोटरसाईकल तुलसीपुर २ नन्द्रागाउँ नजिकै शनिवार विहान ७ बजेतिर आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनुभयो । मृतकको शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस