तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकामा मिलाप कृषि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्यक्रम तथा योजना प्रस्तुत गरेको छ । राप्ती गाउँपालिका गाउँपालिका वडा नं ४ मौरीघाटमा केन्द्रीय कार्यालय रहेको मिलाप कृषि बचत तथा ऋण सहकारी संस्थाले अस्ट्रेलिएन एड र कारितास नेपालको सहयोगमा राप्ती गाउँपालिकाका वडा नं ४, ५, ६ र ९ मा सञ्चालन हुँदै गरेका र आगामी दिनमा गरिने योजना तथा कार्यक्रमको वारेमा गाउँकार्यपालिकालाई जानकारी गराएको हो ।
मिलाप कृषि सहकारी संस्थाले जीविकोपार्जनका लागि उत्थानशील परियोजनाको बालबालिका तथा युवा सशक्तीकरण कार्यक्रमको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा गाउँपालिका र संस्थाको तर्फवाट मिलेर गर्न सकिने विभिन्न अभियान तथा कार्यक्रमको बारेमा छलफल गरिएको छ । साथै  बालमैत्री विद्यालय निर्माण, बालविवाह न्युनिकरण,  बाल दुर्ब्यवहार  रोकी बाल अधिकार संरक्षण गर्ने एकै उद्देश्य भएका कार्यक्रमलाई संयुक्त रुपमा  सञ्चालन गर्न के गर्न सकिन्छ भन्ने बारेमा पुनः छलफल गर्ने निर्णय गरिएको छ ।
सीमान्तकृत  तथा जोखीममा परेका समुदायलाई  दिगो कृषि, सहकारी, तथा लघु ब्यवसाय कार्यक्रममार्फत दिगो जीविकोपार्जनका लागि नागरिकलाई सशत्तीकरण गरी आधारभूत  आर्थिक सम्पन्नतामा सुधार गर्ने लक्ष्यसहित कार्य गर्दै आएको मिलाप कृषि सहकारी संस्थाले राज्यसँग सहकार्य गरी कार्य गर्न चाहेको बताइएको छ ।
कार्यक्रम तथा योजना प्रस्तुत कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा अध्यक्ष  गोवर्धन रावत, बेदप्रसाद चौधरी, चन्दर चौधरी,  महिला तथा बालबालिका शाखाकी सहयाक महिला विकास निरीक्षक विनिता अधिकारी, कारितासका, कार्यक्रम अधिकृत ऋषि शर्मा, क्षेत्रीय ब्यवस्थापक जनक शर्मा, संस्थाकी अध्यक्ष रत्न तिवारी श्रेष्ठ, अणु चौधरी, रन्जना चौधरी, नर्वदा चौधरी संञ्चार संयोजक तीर्थराज ज्ञवाली लगाएतको सहभागिता रहेको थियो ।
मिलाप कृषि सहकारी संस्थाले आगामी योजनामार्फत  १० जना युवाहरुलाई घुम्तिकोष लगानी गर्ने, युवाहरुलाई सीप विकास सम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने, आधारभूत सर्बेक्षण सञ्चालन गर्ने, बाल क्लव गठन पुनः गठन गर्ने, सरोकार निकायसँग बैठक सञ्चालन गर्ने, बाल क्लवहरुको अतिरिक्क्त क्रियाकलाप सञ्चालन गर्ने, युवा क्लव गठन पुनः गठन गर्ने, पैरवी तथा सचेतना गर्ने, सुशासन र जवाफदेहिता सम्वन्धी तालिम सञ्चालन गर्ने, क्लबहरुको  कार्ययोजना तयार गर्ने लागयतका कार्य गर्दै आइरहेको र योजनामा समेत रहेको जानकारी दिइएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस