घोराही, ११ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले युवाहरुलाई उद्यममा जोडिन र सृजनशिल बन्न आग्रह गर्नुभएको छ । युवा पुस्तामा निराशा र विदेश मोह धेरै देखिने गरेको भन्दै उत्साहीत बन्न र उद्यममा जोडिन नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो ।

घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले युवाहरुका लागि आयोजना गरेको सचेतना कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले युवाहरुलाई कुनै न कुनै पेशा व्यवसायमामा जोडिन आग्रह गर्नुभएको हो ।

शिक्षा र उत्पादनशिलता विना जीवन संबृद्ध बन्न नसक्ने भन्दै उहाँले युवाहरुलाई उपभोक्ताहरुको माग अनुसार व्यवसायमा जोडिन सुझाब दिनुभएको हो । अनिवार्य पढ्न र व्यवसायीकतामा जाडिए मात्रै जीवन सफल बन्ने उहाँको भनाई छ । कुनै पनि पेशा व्यवसाय नै संबृद्धीको आधार भएको भन्दै उहाँले युवाहरुलाई विदेश मोह त्यागेर आफ्नै ठाउँमा उद्यमी बन्न आग्रह गर्नुभयो ।

त्यसैगरी कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनारले विदेश जाने सोच, विभिन्न कुलतमा लाग्ने, अबान्छित कार्यमा संलग्न हुने युवाहरुको जमात देखिएको भन्दै अब युवाहरु सृजनशिल बन्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

युवाहरुमा भएको नयाँ सोच, शक्तिलाई समाज विकासमा लगाउदै अघि बढ्न उहाँहरुको सुझाब छ । शाखा संयोजक पशुपती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा शाखा प्रमुख मोतिकुमारी विश्वकर्माले युवा निति र शसक्तिकरणका बारेमा र रोजगार संयोजक सरद पाण्डेले सरकारले ल्याएको रोजगारका विषयमा जानकारी गराउनुभएको थियो ।

नगर युवा सञ्जाल गठन

यसैविच उक्त कार्यक्रममा अनिलराज सेर्पाइलीको अध्यक्षतामा १९ सदस्यि नगर युवा सञ्जाल गठन भएको छ । सञ्जालको उपाध्यक्षमा सपना गिरी, सचिबमा सुवास बस्नेत र सहसचिबमा मेघराज डाँगी रहनुभएको छ ।

त्यसैगरी सञ्जालका सदस्यमा सरोज पाण्डे, शालिकराम अधिकारी, बरुण पोख्रेल, तुलसा घिमिरे, पम्पा केसी, विनाराम चौधरी, विनोद विक, सरिस्का स्वर्णाकार, ओमप्रकाश शर्मा, अनुप आचार्य, सबनम चौधरी, मनोज चौधरी, मिनबहादुर थापा र गनु चौधरी रहनुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस