तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिका अध्यक्ष राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले राप्ती क्षेत्रमा समुदाय प्रहरीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल तथा निर्णय गरिएको छ ।
राप्ती गाउँपालिका समुदाय प्रहरी पालिका समितिमा संयोजक राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उप-संयोजक उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, उप-संयोजक प्रहरी निरीक्षक रविन्द्रराज पाण्डे, सदस्यहरुमा वडा अध्यक्षहरु गोवर्धन रावत, बेदप्रसाद चौधरी, विद्याशरण चौधरी, विष्णुबहादुर घर्ती क्षेत्री, ताराबहादुर डिसी, चन्दर चौधरी, प्रहरी सहायक निरीक्षक तिर्थराज भुसाल, प्रधानाध्यापक किरण पोख्रेल, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष टोपबहादुर कार्की, राप्ती गाउँपालिकास्तरीय सामुदायिक प्रहरी उपाध्यक्ष उमेश अधिकारी, रेडक्रसका उपशाखाका सचिव प्रमोद पौडेल, बहादुर कर्ण केसी, शारदा भुसाल, डिलबहादुर कुमाल, दोर्ण जिसि, छविलाल थापा, युवराज न्यौपाने, रमेश कँडेल, यादव आचार्य, दामोदर भण्डारी, जमीर शाह रहनु भएको छ ।
बैठकमा समुदाय प्रहरी पालिका समितिको उद्देश्य तथा पछिल्लो गतिविधि, आएका समस्या, चुनौती, अभियानका बारेमा उप-संयोजक प्रहरी निरीक्षक रविन्द्रराज पाण्डे तथा सदस्य सचिव प्रहरी सहायक निरीक्षक तिर्थराज भुसालले जानकारी गराउनु भएको थियो ।
बैठकले राप्ती गाउँपालिका क्षेत्रभित्र घरेलु हिंसा, लैङ्गीक हिंसा, सामाजिक विभेद, फरक क्षमता भएकालाई गरिने दुर्व्यबहार न्युनीकरण गर्न प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, माइकिङ, सचेतना कार्यक्रम बैशाख १० देखि १५ दिन सञ्चालन गर्ने, लागुऔषधविरुद्ध पर्चा पम्पलेट वितरण गर्ने तथा खुला मदिरा नियन्त्रणका लागि नयाँ रणनिति निर्माण गरेको छ ।
बैठकमा वडास्तरीय मेलमिलाप समिति, न्यायिक समितिको काम, विद्यालय प्रहरी समिति, निगरानी समुह, आमा समुह, सामुदायिक वडा प्रहरीको कार्यलाई तिब्रता दिन समेत आग्रह गर्न गराउन अनुरोध गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस