तिर्थराज ज्ञवाली

मसुरीया (देउखुरी), ११ चैत । राप्ती गाउँपालिकामा आगामी चैत्र २० गते आयोजना गरिने ६२औँ सरकारी दिवस मनाउने बारेमा छलफल गरिएको छ । राप्ती गाउँपालिकामा आबद्ध विभिन्न उद्देश्य बोकेका ३८ सहकारीहरुबीच सहकार्य गरी दिवस मनाउने बारेमा छलफल गरिएको हो  ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको सहकारीकर्मीहरुसँगको बैठकले विगतका दिनमा सहकारीहरुले मनाउँदै आएको सहकारी दिवसलाई संयुक्त रुपमा सबै सहकारीको मेलमिलापमा मनाउनका लागि छलफलको आयोजना गरिएको हो ।
राप्ती गाउँपालिका कृषि तथा सहकारी शाखाको आयोजनामा भएको छलफलमा राप्ती गाउँपालिकाले सहकारी दिवस मनाउनका लागि सहकारीहरुसँग समन्वय गर्ने उद्देश्यका साथ छुट्याइएको रकमबाट पुग्नेगरी कार्यक्रम गर्ने सहमति भएको छ ।
छलफलबाट सहकारी दिवसको अवसरमा सहकारी गीत प्रतियोगिताको आयोजना गर्ने, र्‍याली गर्ने तथा औपचारिक कार्यक्रमको आयोजना गर्ने निकर्ष निकालिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस