घोराही, १२ चैत । घोराही उपमहानगरपालिकाले ८ जना पशुपालक किसानलाई घाँस मसिनो पार्ने मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरेको छ । उपमहानगरको पशु सेवा शाखाले ५० प्रतिशत अनुदानमा ८ जना पशुपालक किसानलाई मंलबार नगर प्रमुख नरुलाल चौधरी मार्फत उक्त विद्याुतिय च्यापकटर प्रदान गर्नुभएको हो ।

किसानहरु वडा नम्बर २ का रेवतीप्रसाद घिमिरे, ६ का थुरेन्द्रबहादुर वली, खिमबहादुर चौधरी, वडा नम्बर ८ का जगतबहादुर बुढाथोकी, ९ का जिवराज केसी, १० का पुस्कर भटराई, ११ का मोहन देवकोटा र १८ का हेमन्त खड्कालाई एक एक थान उक्त घाँस मसिनो पार्ने मेसिन उपलब्ध गराइएको हो ।

व्यवसायीकरुपमा पशु पालन गर्दै आएका किसानहरुको आबेदन छनोट गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराईएको हो । उपकरण हस्तान्तरण गर्दै नगर प्रमुख चौधरीले किसानहरुलाई मेसिनको सहि सदुपयोग गर्दै आम्दानी बढाउन आग्रह गर्नुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस