तिर्थराज ज्ञवाली

मसुरिया (दाङ), १३ चैत । बुधवार राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५/७६ को १९औ बैठक कार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसी महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरिएको छ ।
बैठकबाट संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि विभिन्न योजना माग गरिएको छ । जसमा सिसहनियाँ स्वास्थ्य चौकीको स्तर बृद्धि, अस्पताल निर्माण, राप्ती चक्रपथको समग्र स्तरबृद्धि, मौरीघाट देवीकोट दोलाइखोलामा हेवी पुल, वडा नं. १ को बिपी मार्गअन्तर्गत शान्तिपुर चैतेदेखि घोराही जोड्ने बाटोको स्तरबृद्धि, वडा नं. १ मा अवस्थित राष्ट्रिय मावि र अर्घाखाँची जोड्ने राप्ती नदीमा पक्की पुलको माग गर्ने निर्णय गरिएको प्रबक्ता  विद्याशरण चौधरीले जानकारी दिनुभएको छ ।
गाउँकार्यपालिकाको बैठकले  राप्ती चक्रपथको  पश्चिम  वडा नं. ५ को सिङै खोलादेखि ट्रयाक खोल्ने, ग्रामीण विद्युतीकरणको कार्यलाई उपभोक्तामार्फत गराउने, बैकल्पिक ऊर्जाको सहयोगमा वडा नं. ९ को कार्यालयमा सोलार, इन्भटर जडान गर्ने, वडा नं. ७ भानपुरमा रहेको गाउँपालिका स्तरीय खेलकुद मैदानको डिपीआर गरी तार जाली लगाउने, बायो पानी फिल्टर अनुदान तथा सहकार्यमा गरिव परिवारलाई उपलब्ध गराउने निर्णय गरिएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस