घोराही, १३ चैत । गत फागुन ११ देखि १८ गतेसम्म दाङको पाण्डबेश्वर मन्दिर धर्ना धारपानीमा सञ्चालन भएको महायज्ञबाट झण्डै सवा ३ करोड रुपैयाँ बचत भएको छ । महायज्ञ मुल आयोजक समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी आम्दानी र खर्चका बारेमा जानकारी दिएको हो ।

समितिका कोषाध्यक्ष बोधिलाल शर्माले ३ करोड ७० लाख ६ हजार ३ सय ४८ रुपैयाँ संकलन भएको र त्यसमध्य ३ करोड २३ लाख ६० हजार ८ सय १३ रुपैयाँ बचत भएको जानकारी दिनुभयो ।

महायज्ञ सञ्चालनका क्रममा ४६ लाख ४५ हजार पाँच सय ३५ रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । अब बैंकमा ७९ लाख ५४ हजार ३ सय ३८ रुपैयाँ रहेको र जग्गा तथा अन्यदान मार्फत् २ करोड २५ लाख ४६ हजार तीन सय ३७ उठ्न बाँकी रहेको समितिले जनाएको छ ।

महायज्ञमा सबैभन्दा बढी नगदी रसिद मार्फत एक करोड २१ लाख २८ हजार ९ सय ५९ रुपैयाँ, जग्गा तथा वाक मार्फत २ करोड २५ लाख ४६ हजार तीन सय ३७ रुपैयाँ संकलन भएको थियो । पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक गणेशकुमार अधिकारीले उठ्न पर्ने बाँकी रकम तीन महिना भित्रमा संकलन गरी सक्ने जानकारी गराउनु भयो ।

धारापानी मन्दिर व्यबस्थापन समितिका सदस्य ध्रुबकुमार श्रेष्ठको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा महासचिब बिष्णुराम आचार्यले धारपानीलाई बृहत धामकारुपमा विकास गर्न महायज्ञ लगाईएको जानकारी दिदै छिट्टै दानको सदुपयोग गर्ने जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस