दाङ, १६ चैत । घोराही उपमहानगरपालिका वडानम्वर–१६ लाई पूर्ण सरसफाई उन्मुख बनाउन टोलविकास संस्थाहरु लागिपरेका छन् ।

वडा कार्यालयले थालेको पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न वडाभित्रका सम्पूर्ण टोलविकास संस्थाहरु लागिपरेका हुन् । पूर्ण सरसफाई उन्मुख अभियानलाई सफल पार्न कस्सिएका टोलविकास संस्थाहरुले शनिबार घोराही–सर्रा सडकको दुवै किनारमा सरसफाई गरेका छन् ।

वडाभित्रका सानीअम्वापुर टोलविकास संस्था, मुना टोलविकास संस्था, भगवानपुर टोलविकास संस्था, इञ्जिनियरिङ टोलविकास संस्था, सर्रा टोलविकास संस्था, गरुवागाउँ टोलविकास संस्था, डाँफे टोलविकास संस्था, मुक्तकमैया शिविर टोलविकास संस्था र शक्ति टोलविकास संस्थाले सडक वरपर सरसफाई गरेको कार्यवाहक वडाध्यक्ष जगतबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा अभियानलाई तीब्र बनाउँदै लगेको भन्दै कार्यवाहक वडाध्यक्ष श्रेष्ठले शनिबार पाँच गाडी फोहोर संकलन भएको जानकारी दिनुभयो । वडालाई सरसफाई उन्मुख बनाउने अभियान स्वरुप हरेक महिनाको १ र १५ गते वडाभित्रका सम्पूर्ण टोलविकास संस्थाहरुले सरसफाई कार्यक्रम सञ्चालन गर्ने वडासचिव नारायणप्रसाद शर्माले जानकारी दिनुभयो ।

दाङ सुचना तथा अध्ययन केन्द्रको आयोजना तथा वडानम्वर–१६ को सहयोगमा शुरु भएको पूर्ण सरफाई अभियानअन्तर्गत पहिलो चरणमा विद्यालय र दोस्रो चरणमा टोलविकास संस्था र सरोकारवाला निकायका प्रमुखलाई पूर्ण सरसफाई सचेतना प्रदान गरिएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस