गढवा, १९ चैत । गढवा गाउँपालिकाको आर्थिक सहयोग र देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्रको आयोजनामा चैत्र १५ देखी शुरु भएको महिला नेतृत्व तथा उद्घोण तालिम समापन भएको छ । स्रोतकेन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा कार्यक्रम समापन गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी, पुस्तकालयका आजीवन सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवाका सचिव यमनारायण पोख्रेल बिश्वास, प्रशिक्षक कमल गौतम, पार्वती राना, इलाका प्रहरी गढवाका प्रमुख गिरिराज भण्डारी, जनप्रतिनिधी त्रिपनी परियार, कौशिल्या बिक, हेमा कुमाल सहभागीहरु गीता यादव, उषा बुढाथोकी र हेमन्ता केसी लगायतले बोल्नुभएको थियो ।

पाँच दिनसम्म गराइएको प्रयोगात्मक अभ्यासमा उत्कृष्ट भाषण तथा उद्घोण कलामा जनप्रतिनिधिहरु कमला नेपाली प्रथम, शोभा रावत द्वितीय र बिष्णुदेवी कँवर क्षेत्रीले तृतीय स्थान हासिल गर्नुभएको थियो । सामाजिक अभियन्ताहरु बसन्ती चौधरी, मिना गुरुङ, सिता चौधरी, कमला आचार्य र रुमा अर्याललाई पुरस्कृत गरिएको थियो । कार्यक्रम संयोजक शोभा पाठकले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस