तुलसीपुर, २० चैत । नेपाल बैंक लिमिटेडले तुलसीपुरबाट पनि सेवा दिन शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका ६ घोराही रोडबाट बुधबारदेखि नेपाल बैंकले सेवा शुरु गरेको हो ।

शाखा प्रबन्धक विश्वराज अधिकारीका अनुसार हाल नयाँ खाता खोल्ने, नगद जम्मा, भुक्तानी, रेमिट्यान्स, ट्रान्सफर सेवा शुरु भएको छ । साथै दुईहप्ता भित्रमा विभिन्न कर्जा, एटिएम,राजश्व, लकर, सुन धितो कर्जा लगायत सम्पूर्ण वित्तिय सेवा प्रवाह हुने उहाँले जानकारी दिनुभयो ।

हाल तीनजना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् । यस अघि तुलसीपरमा नेपाल बैंकको शाखा नहुँदा घोराही आउनुपर्ने बाध्यता थियो । दाङमा नेपाल बैंक लिमिटिडका सेवाग्राही धेरै भएकाले तुलसीपुर शाखा सञ्चालनमा ल्याईएको प्रबन्धक अधिकारीले बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस