दाङ, २४ चैत । गएराति चट्याङ लागेर घोराही उपमहानगरपालिका १९ राम्चेका ओमराज घर्तीमगरका तीनवटा गोरु मरेका छन् ।

वडा अध्यक्ष हर्क घर्तीका अनुसार चट्याङ पर्दा गोठमा बाँधेका तिनवटा गोरु मरेका हुन् । गोठमा समेत चट्याङले क्षति पुर्‍याएको छ ।

गयराति हावाहुरीसहित असिना पानी परेको थियो । असिना पानीले जिल्लाको तुलसीपुर क्षेत्रमा कृषकले लगाएको अन्न तथा तरकारी बालीमा समेत क्षति पुर्‍याएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस