घोराही, ५ बैशाख । अनेरास्ववियु दाङले संस्थागत तथा सामुदायिक विद्यालयको वर्गीकरण र शैक्षिक शुल्क निर्धारण गर्न स्थानीय तहसँग माग गरेको छ । अनेरास्ववियुका पदाधिकारीसहितको टोलीले हालै घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाउँदै शैक्षिक शुल्कका नाममा मनपरी रकम अशुल्ने कार्यलाई पालिकाले तत्काल रोक्न माग गरिएको छ ।

ज्ञापनपत्रमा नेपालको संविधानले समेत माध्यामिक तहसम्मको शिक्षा निःशुल्क भनिसकेको अवस्थामा विभिन्न नाममा निजी तथा सामुदायिक विद्यालयहरुले विद्यार्थीबाट मनपरी शुल्क असुलिरहेको उल्लेख गरिएको छ । अनेरास्ववियुले नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा निजी तथा सामुदायिक विद्यालयको वर्गीकरण गरिनुपर्ने, शुल्क निर्धारण गर्नुपर्ने, सबै बालवालिकाहरुलाई विद्यालयमा ल्याउन स्थानीय सरकारले कदम चाल्नुपर्ने र शुल्ककै कारण गरिबका छोराछोरी विद्यालय भर्ना गर्न नसक्ने अवस्था आएकोले सर्वसुलभ शिक्षाका लागि पहल गर्न अपील गरिएको छ । साथै रचनात्मक आन्दोलन स्वरुप स्थानीय पालिकालाई ज्ञापनपत्र बुझाइएको र रचनात्मक आन्दोलनलाई कमजोरी ठानिए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस