तिर्थराज ज्ञवाली
पिपरी (देउखुरी दाङ), १९ बैशाख । राप्ती गाउँपालिकामा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको एक कार्यक्रमबीच समुद्घाटन गरिएको छ ।
प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका वडा नं ८ को समन्वय एवं स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था हिकोको आयोजनामा जेष्ठ नागरिक दिवा सेवा केन्द्रको समुद्घाटन गरिएको हो ।
हिको संस्थाका अध्यक्ष प्रकाश बिष्टको अध्यक्षता, वडा नं ८ का अध्यक्ष गोकर्णबहादुर रानामगरको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।
जेष्ठ नागरिकहरूलाई दिवा अवस्थामा भेटघाट, गफगाफ, दुःख सुखका कुरा गरी दिन बिताउन सहज होओस् भनी दिवा सेवा केन्द्रको सुरूवात गरिएको बताइएको छ ।
कार्यक्रममा शेरबहादुर गिरी, सुधीरकुमार अधिकारी, तेज बिष्ट, गरिबु चौधरी, मन्जु कार्की, रामनारायण चौधरी, श्रीधर अधिकारी, जेष्ठ नागरिक डण्डपाणि ज्ञवाली, टोल विकास संस्थाकी तारा घिमिरे, वडा सदस्य बिष्णु गुरूङलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस